PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

'फरार' रेशम चौधरीको के होला? भन्छन् : सोझै सपथ लिन जान्छु



बीपी साह

'फरार' रेशम चौधरीको के होला? भन्छन् : सोझै सपथ लिन जान्छु

काठमाडौं : प्रहरीले 'फरार' सूचीमा राखेको र कैलाली क्षेत्र नम्बर १ को जनमतले प्रतिनिध सभा सदस्य चयन गरेको रेशम चौधरीले सोझै सपथ ग्रहणका लागि काठमाडौं आउने बताएका छन्। 'म फरार छैन,' पहिलोपोस्टसँग प्रतिक्रिया दिँदै रेशमले भने, 'डाइरेक्ट सपथमा जान्छु।' 

कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यको चुनाव जितेका रेशम चौधरीले हालसम्म निर्वाचित भएको प्रमाणपत्र पाउन सकेका छैनन्। प्रहरीको सूचीमा फरार रहेकाले जिल्ला निर्वाचन कार्यालयले उनको प्रमाणपत्र रोक्यो। त्यसविरुद्ध उनले प्रमाणपत्र पाउनुपर्ने मागसहित रिट सर्वोच्च अदालतले दरपिठ गरेको छ। चौधरीले प्रमाणपत्र पाउनका लागि विभिन्न दवाव दिए पनि उनको दवावले काम गरेको छैन। 

चौधरीको समर्थनमा मधेशी–थारु अगुवा तथा बुद्धिजीवीहरुले समाजिक सञ्जालमा अभियान चलाएका छन् तर त्यसले कुनै प्रभाव पार्न सकेको छैन। चौधरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सचिवसमेत हुन्। उनकै दल पनि उनको विषयमा मौन छ। चौधरीका विषयमा राजपाले खासै चासो देखाएको देखिँदैन, दलका नेताहरु जितको खुशीमै रमाइरहेका छन्। 

रेशम चौधरीको विषयमा राजपा मौन भन्ने समाचार आएपछि राजपाले विज्ञप्ति जारी गरेर औपचारिकता पूरा त गर्योज तर त्यसपछि पुनः मौन अवस्थामा छ। 

पहिलोपोस्टसँग कुराकानी गर्दै चौधरीले भने, ‘मैले प्रयास गरेकै छु। तर, अहिलेसम्म पाउन सकेको छैन। राजनीतिक दलको दबाबमा निर्वाचन आयोग पनि छ।’ 

चौधरीले आफ्नै पार्टीले कुनै स्ट्याण्ड नलिएको भन्दै दुःख व्यक्त गरे। भने, ‘मेरै पार्टीका सिनियर लिडरहरुले चासो देखाएको छैनन्। म दु:खी छु। उहाँहरुले माथिल्लो तहमा छलफल गर्नुपर्ने हो।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell