PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

जेरुसेलमलाई राजधानीको मान्यता दिने अमेरिकी निर्णयकाबारेमा सुरक्षा परिषद्मा छलफल हुने



पहिलोपोस्ट

जेरुसेलमलाई राजधानीको मान्यता दिने अमेरिकी निर्णयकाबारेमा सुरक्षा परिषद्मा छलफल हुने
फोटो श्रोतः aljazeera.com

जकार्ता :  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा जेरुसेलमलाई राजधानी मान्ने भनी अमेरिकाले गरेको निर्णयकाबारेमा छलफल हुने भएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको निर्णयका विरुद्धमा विश्वका इस्लाम समुदायका नागरिकले विरोध प्रदर्शन गरिरहेका बेला यस विषयमा राष्ट्रसंघमा छलफल हुने भएको हो। 

मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि निकोली माल्देनोभोले सो विषयमा ब्रिफिङ गरेका बताइएको छ। 

गत डिसेम्बर ६ मा अमेरिकी ट्रम्प प्रशासनले जेरुसेलमलाई राजधानीको मान्यता दिने निर्णय गरेको थियो। तर इजरायललाई मान्यता दिने भनी गरिएको यस निर्णयको भने विश्वका इस्लाम नागरिकले विरोध गरेका छन्। 

निर्णयका विरुद्धमा विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको बताइएको छ। यसैक्रममा आइतबार मात्र इन्डोनेसियाको राजधानी जकार्तामा गरिएको अमेरिका विरुद्धको प्रदर्शनमा दशौँ हजार मुस्लिम नागरिकको सहभागिता जनाएका थिए। 

प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास समूहले उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान गरेको थियो। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell