PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

यौन दुर्व्यव्यवहार सम्बन्धी डकुमेन्ट्रीमा रबिना टण्डन



पहिलोपोस्ट

यौन दुर्व्यव्यवहार सम्बन्धी डकुमेन्ट्रीमा रबिना टण्डन

यौन दुर्व्यवहार र हिंसा विरुद्ध फिल्मकर्मीहरुले आफ्नो धारणा व्यक्त गर्दै गर्दा अभिनेत्री रबिना टण्डन भने उक्त विषयमाथि बन्ने डकुमेन्ट्रीमा फिचर हुने भएकी छिन्। कलकत्ताको एक युनिभर्सिटीले निर्माण गर्न लागेको डकुमेन्ट्रीमा उनको भूमिका रहने भएको हो।

डिएनए इन्डियामा जनाए अनुसार उक्त डकुमेन्ट्रीले दैनिक रुपमा महिलाले भोग्न पर्ने यौन हिंसाको विषय उठान गरेको छ। यसअघि रबिना 'मात्र'मा देखिएकी थिइन्। जसमा उनी बलात्कृत युवतीको भूमिकामा थिइन्। डकुमेन्ट्रीको छायांकन २०२८ को सुरुवातमा हुने जनाइएको छ।

डकुमेन्ट्रीको ड्राफ्टसँग आफू खुशी भएको जनाउँदै भनिन्,'यस्तो विषयको हामी कलाकारको जिम्मेवारी पनि हो। युवाहरुका लागि यौन हिंसा लगायतका अन्य विषय बारे खुलेर कुरा गर्न आवश्यक छ भन्ने संदेश प्रवाहका लागि पनि डकुमेन्ट्रीहरु बन्नु पर्छ।'

रबिना अभिनेत्रीको रुपमा मात्र नभएर सामाजिक अभियन्ताको रुपमा पनि सक्रिय छिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell