PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सुर्खेतमा ६ नम्बर प्रदेश मन्त्रालयका लागि सिफारिश गरिएका भवनको सरकारी अधिकारीद्वारा अवलोकन 



पहिलोपोस्ट

सुर्खेतमा ६ नम्बर प्रदेश मन्त्रालयका लागि सिफारिश गरिएका भवनको सरकारी अधिकारीद्वारा अवलोकन 

  • ललित बसेल
सुर्खेतः ६ नम्बर प्रदेशको संसद तथा मन्त्रालयका लागि सिफारिश गरिएका भवनको सोमबार सरकारी अधिकारीहरुको एक टोलीले स्थलगत अवलोकन गरेको छ। 

मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेशमान प्रधानको संयोजकत्वमा गठित संरचना तयारी समितिले सिफारिश गरिएका भवनको निरीक्षण गरेको हो। 
    प्रदेशसभा सञ्चालन र प्रशासनिक संरचनाको मस्यौदा समितिले सुर्खेतमा रहेका क्षेत्रीयस्तरका कार्यालयलाई प्रदेशसभास्थल तथा मन्त्रालयका लागि सिफारिश गरेको थियो। 

टोलीले प्रदेशका लागि प्रस्ताव गरिएका ७ वटा मन्त्रालयका भवनको स्थलगत निरीक्षण गरेको हो।समितिले सुर्खेतस्थित शैक्षिक तालिम केन्द्रलाई प्रदेशसभाको भवन, सभामुख कार्यालय, सभाहल र प्रदेशसभा सचिवालय प्रस्ताव गर्न सिफारिश गरेको थियो भने प्रदेश गृह मन्त्रालयका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, प्रदेश पूर्वाधार विकास मन्त्रालयका लागि क्षेत्रीय सडक र सिंचाई डिभिजन कार्यालय, प्रदेश प्रमुखको कार्यालयका लागि क्षेत्रीय वन र वन तालिम केन्द्र, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र सचिवालयका लागि क्षेत्रीय प्रशासन कार्यालय र क्षेत्रीय हुलाक कार्यालयको भवन प्रस्ताव गरिएको गरिएको थियो। 

यस्तै मुख्यमन्त्रीको आवासका लागि क्षेत्रीय प्रशासकको निवासलाई प्रस्ताव गरिएको थिया भने जल उत्पन्न डिभिजन र सहरी विकास डिभिजनमा पनि मन्त्रालय रहन सक्ने भवन सिफारिश गरिएको थियो। 

टोलीले उच्च सुरक्षा अपनाउनुपर्ने मन्त्रालयहरुलाई सकभर एउटै कम्पाउण्डभित्र राख्न सकिने बताएको छ। पहिले प्रदेश गृहमन्त्रालयका लागि सिफारिस गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयमा औषधिलगायतका सामग्रीहरु सार्नुपर्ने भएकोले त्यहाँ अन्य मन्त्रालय राख्न सकिने औंल्याइएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell