
मनिला : फिलिपिन्समा भीषण आँधी र पहिरोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ४६ जना हराइरहेका छन् ।
काइ–ताक नामक आँधी तथा त्यसलगत्तैको गएको भीषण पहिरोका कारण कम्तीमा २६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन्।
बिलिरन, लेएटे पूर्वी समार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ। भीषण आँधी र पहिरोको कारण ४६ जना बेपत्ता भएका छन्।
बेपत्ता भएका व्यक्तिहरु फिलिपिन्सको मध्य प्रान्त रोमब्लोनका रहेका जनाइएको छ। फिलिपिन्सका केही प्रान्तहरुमा गत शनिबारदेखि सुरु भएको वर्षापछि बाढी र पहिरोले सताएको हो। आँधीका कारण कैयौँ उडान र डुङ्गाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन्। रासस/सिन्ह्वा