PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्रीको राजीनामा आउँदैन : रामचन्द्र पौडेल



पहिलोपोस्ट

संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्रीको राजीनामा आउँदैन : रामचन्द्र पौडेल

तनहुँ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि आफू कति पनि विचलित नभएको बताएका छन्। व्यास नपा–१० को खहरेमा सोमबार आयोजित कार्यक्रममा पौडेलले निर्वाचनमा हारजित स्वभाविक भएको बताए।

उनले भने,“निर्वाचनमा हारजीत हुनु स्वाभाविक प्रक्रिया हो, आफू पराजित भए पनि कति पनि विचलित भएको छैन, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु।” 

पौडेलले संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिन नहुने बताए। उनले भने,“राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएपछि हामी जुनसुकै बेला सरकार छोडिहाल्छौँ।” 

मुलुकको लथालिङ्ग अवस्थालाई छोडेर प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने भन्दै उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस आतुर रहेको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell