PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

२७ लाख ठगी गरी फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

२७ लाख ठगी गरी फरार अभियुक्त पक्राउ

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २७ लाख ४५ हजार ठगी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। 

ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ को फैसलाबाट दुई वर्ष कैद र दुई लाख जरिवाना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई सोमबार बाँसबारीबाट पक्राउ गरेको हो। 

पाण्डेले वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालिको नामको कम्पनी खोली वैदेशिक रोजगारीमा इजाजत पठाउने इजाजतपत्र नलिई पीडितलाई पपुवा न्यूगिनी पठाइदिने भनी उक्त रकम लिएर नपठाई फरार भएका थिए। 

पक्राउ पाण्डेलाई वैदेशिक रोजगार ऐन, २०६४ विपरीतको कसुरबमोजिम काठमाडौँ जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि डिल्लीबजार पठाइएको ब्यूरोले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell