PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले दोस्रो खेलमा भारतको सामना गर्दै



पहिलोपोस्ट

साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले दोस्रो खेलमा भारतको सामना गर्दै
फोटो : एनएसजेएफ

ढाका : बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपमा मंगलबार नेपालले भारतको सामना गर्दैछ। पहिलो खेलमै आयोजक बंगलादेशसंग लज्जास्पद हार बेहोरेको नेपाली यू–१५ महिला टोलीका लागि भारत विरुद्वको खेल निकै महत्वपूर्ण छ।

फाइनल पुग्ने सम्भावनालाई जीवित राख्न पनि नेपाललाई भारतविरुद्वको खेल जित्नुको विकल्प छैन। यदि भारतसँग हारेको खण्डमा नेपाल अन्तिम खेल अघि नै च्याम्पियनसिपबाट बाहिरिन सक्छ।

पहिलो खेलमा बंगलादेशसंग ६–० ले पराजित भएको नेपालले भारतविरुद्व फरक रणनीति बनाउने प्रशिक्षक गंगा गुरुङले बताइन्। उनले मिडफिल्डमा देखिएको समन्वय अभावमा सुधारको प्रयासका साथै रक्षापक्तिलाई मजबुद बनाउने बताइन्। भारतले पहिलो खेलमा भुटानलाई ३-० ले हराइसकेको छ।

ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुनेछ।

चार टोलीको सहभागिता रहेको च्याम्यिनसिपमा राउन्ड रोविन खेलपछि शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। नेपालले बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell