PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

इन्टग्रिटी आइडल बने मोरङका सहायक प्रजिअ पौडेल



रासस

इन्टग्रिटी आइडल बने मोरङका सहायक प्रजिअ पौडेल

काठमाडौँ: मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल यस वर्षको इन्टग्रिटी आइडल बनेका छन्।

अकाउन्टविलिटी ल्याव नेपालले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा पौडेल आइडल बनेको घोषणा गरिएको हो। देशभरीका सरकारी कर्मचारीहरुमध्ये हरेक वर्ष कार्य क्षमता, विश्वसनियता र भोटको आधारमा छानिने प्रतियोगितामा ९ हजार ९ सय १ मत प्राप्त गरी पौडेल आइडल बनेका हुन्।

त्यसैगरी, यस वर्षको उत्कृष्ट सरकारी कर्मचारी काभ्रे जिल्लाका कृष्ण धिताल, काठमाडौँका सवनम पाठक, कालिकोटका सबराज बम र सिर्जना तिवारी रहेका छन्।

आइडल घोषणा भएपछि पौडेलले सकारात्मक सोच, विश्वसनियता र काम गर्ने इच्छा शक्ति लिएर सरकारी कर्मचारी अघि बढ्नुपर्ने धारणा राखे।

आइडल छनोटमा पर्नका लागि पाँच वर्ष सरकारी काम गरेको र पाँच वर्ष सेवा अवधि बाँकी रहेको हुनु पर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell