PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

इपीएलमा आज दुई खेल हुँदै



पहिलोपोस्ट

इपीएलमा आज दुई खेल हुँदै

काठमाडौं  : एभरेष्ट प्रिमिय रलिग इपीएलमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन्।

यस्तै दोस्रो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स प्रतिस्पर्धा गर्दैछन्। ललितपुरले सोमबार भएको उद्घाटन खेलमा काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

चितवन टाइगर्सका कप्तान पृथु बास्कोटा मंगलबार पोखरा विरुद्वको खेलमा देखिनेछैनन्। ठगी मुद्दाका कारण पृथु अहिले टेकुस्थित प्रहरी हिरासतमा छन्।

क्लब डे जा भू मा विश्व चर्तिथ डिजे मार्समेलो ल्याउने भन्दै टिकट बेचेको तर उनी नआएपछि त्यहाँ तोडफोड भएको थियो। त्यसै घटनामा संलग्न रहेको भन्दै पृथुसहित ८ जनालाई पक्राउ गरिएको हो। पृथु डेजा भु का सञ्चालक नभई सेयरधनी मात्र भएको र उनी निर्दोष रहेको टिमले विज्ञप्तीमार्फत जनाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell