PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

महोत्तरीमा दुई हजारलाई लालपूर्जा वितरण



पहिलोपोस्ट

महोत्तरीमा दुई हजारलाई लालपूर्जा वितरण

गौशाला: वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालयले लालपूर्जा वितरण गरेको छ। एक/एक नगरपालिका र गाउँपालिकामा जिल्ला भूमि अधिकार मञ्चको समेत सक्रियतामा लालपूर्जा वितरण गरिएको हो।  

बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपूर्जाविहीनलाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले बताए।

बलवाका ७३१ र महोत्तरीका एक हजार ७३० जनालाई लालपूर्जा वितरण गरिएको मञ्चका जिल्ला संयोजक राजकुमार बस्नेतले जानकारी दिए।

उनीहरुलाई गाउँठाउँमै पुगेर नापी टोली र मञ्चका पदाधिकारीले लालपूर्जा वितरण गरेको १ नं नापी टोली प्रमुख तथा सर्वेयर उमेशलाल कर्णले बताए।

मञ्चका अध्यक्ष सिनमाया गिरीका अनुसार महोत्तरी जिल्लामा अहिले २१ हजार व्यक्ति भूमिहीन भएको तथा अहिले ऐलानी, पर्ती र सार्वजनिक जग्गामा बसोबास गर्दै आएकाले उनीहरुलाई पनि चाँडै मञ्च र नापी कार्यालयको सहयोगमा लालपूर्जा वितरण गरिने वचन दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell