PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

श्रीलङ्कामा फेब्रुअरी १० मा स्थानीय तहको निर्वाचन हुने



पहिलोपोस्ट

श्रीलङ्कामा फेब्रुअरी १० मा स्थानीय तहको निर्वाचन हुने
फोटो श्रोतः srilankabrief.org

कोलम्बो :  श्रीलङ्कामा आगामी फेब्रुअरी १० मा स्थानीय तहको निर्वाचन हुने भएको छ। देशभरी रहेका ३४१ स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले निर्वाचनका लागि उम्मेदवारी दर्ता आह्वान गरिएको जानकारी दिए। उनले उम्मेदवारी दर्ताका लागि डिसेम्बर २१ तारिखसम्म समय तोकिएको बताए। 

स्थानीय निकायलाई श्रीलङ्कामा तेस्रो तहको सरकारी निकाय मानिन्छ। त्यस बाहेक यहाँ संसद र प्रदेश परिषद् पनि रहेका छन्। 

श्रीलङ्कामा गाँउ तहमा ४ हजार ९१४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने ती ठाँउबाट पाँच हजार ९२ जना जनप्रतिनिधिहरु निर्वाचित हुनेछन्। 

सन् २०१५ मा भएको संसदीय निर्वाचन पछि अहिले पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell