PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

शारीरिक रुपमा मोटा र विवाहितहरुको लागि सौन्दर्य प्रतियोगिता, हुँदैछ दोस्रो अडिसन



पहिलोपोस्ट

शारीरिक रुपमा मोटा र विवाहितहरुको लागि सौन्दर्य प्रतियोगिता, हुँदैछ दोस्रो अडिसन

काठमाडौं: 'सुपर प्लस साईज मोडल नेपाल'को पहिलो अडिसन पुस पहिलो साता सम्पन्न भयो। मोडल सङस नेपालको प्रस्तुतीमा शारीरिक वजन बढी भएका महिलाहरुको लागि युनिभर्सल जुम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिताको दोस्रो अडिसन पुस १५ गते हुने जनाइएको छ।

पहिलो चरणको अडिसनमा छुटेकाहरुको लागि दोस्रो अडिसनमार्फत सहभागी हुन पाउने छन्। पहिलो चरणबाट ९ प्रतिस्पर्धी चयन भएको आयोजकले जानकारी दिए।

प्रतियोगितामा अविवाहित तथा विवाहित सबै युवती तथा महिलाहरुले भाग लिन पाउनेछन्l 'सौन्दर्य प्रतियोगिताले अभिवाहित र पातलो शारिरीक बनाओट भएकालाई मात्र स्पेस दिदै आएको पाइन्छ। यस्तोमा हाम्रो उदेश्य शारिरीक रुपमा मोटा र विवाहित महिलालाई पनि मञ्च दिनु हो',आयोजक संस्थाले प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउँछन्l भने,'अबको अडिसन छुटेकाहरु केन्द्रित हुनेछ।' 

अडिसन रोस्यो क्याफे नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिनको ३ बजेसम्म हुनेछ। प्रतियोगितामा भाग लिनको लागि १६ देखि ३० वर्ष उमेर समुहका कम्तिमा ४ फिट ८ इन्च र तौल ५५ केजीभन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछl उक्त प्रतियोगिताको विजेताले नगद २५,००० पुरस्कार प्रदान गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell