PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

अध्यक्ष ओलीसहित एमाले नेताहरु चिनियाँ नाका टिमुरेमा



पहिलोपोस्ट

अध्यक्ष ओलीसहित एमाले नेताहरु चिनियाँ नाका टिमुरेमा
फोटो चेतन अधिकारीको फेसबुकबाट

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका एमालेका शीर्ष नेताले आज रसुवाको लाङटाङ र रसुवागढी नाकाको निरीक्षण गरेका छन्।

महासचिव ईश्वर पोखरेल, पूर्व अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य शकर पोखरेल, सुवास नेवाङलगाएतका नेतालाई साथमा लिएर अध्यक्ष ओली अाज दिउँसाे रसुवागढी नाका पुगेका हुन्।

निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भूकम्प प्रभावित लाङटाङमा विद्यालय,  स्वास्थ्य चौकी र टेलिफोन लाईनको तत्काल मर्मत गर्ने आश्वासन दिए।

उनले रसुवागढी नाकाको स्तरबृद्धि, दुईलेनको सडक कालोपत्रे, सडक बिस्तारलगायतका काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

तीन वटा हेलिकप्टर लिएर एमाले नेताहरु भ्रमणमा निस्किएका थिए। निरीक्षणपछि उनीहरु आजै काठमाडौं फर्किएका ओलीका प्रेस सहयोगी चेतन अधिकारीले बताए।

रसुवागढी नाकास्थित टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुँदैछ। नेपालको बाटो भएर भारतसम्म व्यापार गर्न रसुवागढीमा चीनको सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको हो। त्यसमा एकीकृत भवनसहित २ सय ५० देखि ३ सय कन्टेनर अटाउने गरी बन्दरगाह निर्माण गरिन लागेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell