PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

प्रचण्डलाई युवा संघ र वाइसिएलको आग्रह : एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनुस्



पहिलोपोस्ट

प्रचण्डलाई युवा संघ र वाइसिएलको आग्रह : एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनुस्

काठमाडौँ :  युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्। 

बधाई तथा धन्यवाद ज्ञापनका लागि पुगेका दुबै युवा संगठनको संयुक्त टोलीले वाम गठबन्धनले करिब करिब दुई तिहाइ स्थानमा विजय हासिल गरेकाले त्यसलाई सार्थक निष्कर्षमा पुर्याउनसमेत पार्टी एकतालाई टुंगो लगाउनुपर्ने बताएको हो।

एकतामा नै बल हुन्छ भन्ने मान्यताका आधारमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनले निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको भन्दै युवा संगठनले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नेतृत्व लिनसमेत अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन्। 

एकताका लागि सार्थक संवाद गर्न र त्यसलाई निष्कर्षमा पुर्याउन अनुरोध गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए। 

अध्यक्ष प्रचण्डले वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले त्यसलाई संस्थागत गर्ने र त्यसको प्रयास भइरहेको बताएका थिए। 

प्रचण्डले भने,‘वाम गठबन्धनका उम्मेदवारलाई जनताले दुई तिहाइ बहुमतको नजिक पुर्याएका छन्। गठबन्धनका लागि एमाले अध्यक्ष केपी ओली र मैले गरेको सार्थक प्रयास अनुमोदित भएको छ। हामी त्यसलाई शीघ्र निष्कर्षमा पुर्याउँछौँ।’

जनताले दिएको अभिमत ऐतिहासिकरुपमा जनताको सम्पत्ति बनिसकेको भन्दै उनले एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सबैको साथ र सहयोग जरुरी रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell