PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

५ नम्बर प्रदेशको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको प्रहरीको निष्कर्ष



पहिलोपोस्ट

दाङ :  प्रदेश नम्वर ५ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न भएको सुरक्षा निकायले निष्कर्ष निकालेको छ। 

प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको जानकारी गराएको हो।

निर्वाचनको अवधिमा शंकास्पद गतिविधि गर्ने १ सय ४५ जनालाई पक्राउ गरेकोमा १ सय ३२ जनालाई मुद्धा चलाइएको प्रहरीले जानकारी दिएको छ। प्रदेश नम्वर ५ मा १६ स्थानमा विस्फोटका घटना भएकोमा दुई म्यादी प्रहरीको मृत्यु र एक जना घाइते भएका थिए।

एक स्थानमा गोली प्रहार भएको थियो। आगामी दिनमा प्रदेशमा शान्ति सुरक्षा प्रादन गर्ने प्रहरीले कुनै पनि कसुर बाँकी नराख्ने दाबी गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell