PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सरकारको वाम गठबन्धनलाई प्रश्न : मतपरिणाम आइनसक्दै सत्ता कब्जा गर्न खोज्ने?



पहिलोपोस्ट

सरकारको वाम गठबन्धनलाई प्रश्न : मतपरिणाम आइनसक्दै सत्ता कब्जा गर्न खोज्ने?

काठमाडौं : सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले केही दलले प्रत्यक्षतर्फको परिणाम आउनासाथ सत्ता नै कब्जा गर्ने खालको प्रयास गरेको आरोप लगाएका छन्।

मंगलबार सिंहदरबारमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै निर्वाचन आयोग, सुरक्षाकर्मी, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समूदायलगायतलाई धन्यवाद दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बस्नेतले वाम गठबन्धनप्रति लक्षित गर्दै निर्वाचनको पूर्ण परिणाम नआउँदै कार्यपालिका सिधै कब्जा गर्न खोजेको आरोप लगाएका हुन्।

सम्मेलनमा बस्नेतले भने, 'प्रत्यक्षतर्फको नतिजाले केही दलमा अहंकार पलाएको देखिन्छ। मुख्य निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र पाउनसाथ सिधै कार्यपालिका कब्जा गर्ने, प्रधानमन्त्री तथा मन्त्री पद सम्हाल्न पाइहाल्ने त पक्कै होइन होला नि? निर्वाचन आयोगले कानुनअनुसार सबै परिणाम दिन बाँकी नै छ।'

बस्नेतले २ महिनाअघिबाट राष्ट्रपति कार्यालयमा बुझाएको राष्ट्रिय सभा विधेयक अध्यादेश अहिलेसम्म रोकिएको र राष्ट्रपतिले चाँडै नै यो अध्यादेश स्वीकृत गरी सत्ता हस्तान्तरणको प्रकियालाई सहजिकरण गर्नुपर्ने तर्क गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell