लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
काठमाडौँबाट काँकडभिट्टा गइरहेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायातको बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।रासस