PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

हिमाचलमा कांग्रेस हारेपछि मुख्यमन्त्री वीरभद्रले दिए राजीनामा



पहिलोपोस्ट

हिमाचलमा कांग्रेस हारेपछि मुख्यमन्त्री वीरभद्रले दिए राजीनामा
फोटो श्रोतः khaskhabar.com

सिमला : भारतको हिमाचल प्रदेशमा कांग्रेसको हार स्विकार्दै मुख्यमन्त्री वीरभद्र सिंहले राजीनामा दिएका छन्।

उनको राजीनामा राज्यपालले स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म जिम्मेवारी सम्हाल्न आग्रह गरेका छन्।

हिमाचलमा भारतीय जनता पार्टीले ६८ सदस्यीय विधानसभामध्ये ४४ सिटमा जित हासिल गरेको भोलिपल्टै मुख्यमन्त्री वीरभद्रले पदबाट राजीनामा दिएका हुन्।

कांग्रेसले २१ सिटमा मात्र जित हासिल गरेको छ। मुख्यमन्त्री वीरभद्र र उनका छोरा विक्रमादित्य पनि विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell