
कलैया : मंसिर २९ गतेदेखि सुरु भएको शीतलहरले बारा जिल्लाको जनजीवन प्रभावित भएको छ। बिहानदेखि नै बाक्लो हुस्सु लाग्ने र सँगसँगै चिसो बढेकाले सदरमुकाम कलैयाको जनजीवन चार दिनदेखि भएको छ ।
कुहिरो र शीतलहरसँगै चिसो हावा चल्ने गरेकाले हाटबजार तथा कार्यालयमा सर्वसाधारणको आवागमन कमी हुनाका साथै विद्यालयमा विद्यार्थी कम उपस्थित हुन थालेका छन् ।
चिसोका कारण कलैया अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामीको संख्या बढेको छ। बाक्लो हुस्सुले गर्दा सिमरा विमानस्थलमा पुस १ र २ गते विमान उडान, अवतरण हुन नसकेको बताइएको छ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला दैवीप्रकोप उद्धार समिति, बाराले शीतलहर प्रभाव कम गर्न र यसबाट बच्न सूचना प्रवाहसमेत गरेको छ।रासस