PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

महेश बस्नेतले भने-माघ ७ गतेभित्र केपी ओली प्रधानमन्त्री



पहिलोपोस्ट

महेश बस्नेतले भने-माघ ७ गतेभित्र केपी ओली प्रधानमन्त्री

काठमाडौ :  नेकपा एमालेका नेता महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने दाबी गरेका छन्। 

मंगलबार रिपोर्टर्स क्लबमा बस्नेतले अब पनि प्रधानमन्त्रीको को बन्छ भनेर बहस गर्नु गलत हुने बताए।उनले स्वभाविक रुपमा जनमत वाम गठबन्धनको पक्षमा आएकोले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे।

उनले भने,‘वाम गठबन्धनबाट प्रधानमन्त्रीको बन्छ ? भनेर प्रश्न गर्नु नै उचित छैन, ओली नै प्रधानमन्त्री हो, जनमतले त्यही भन्छ, उहाँको नेतृत्वमा माघ ७गते भित्रै नयाँ सरकार बन्छ।’

उनले एमाले–माओवादी केन्द्रबीचको एकताको विषयमा अहिले ठोस रुपमा छलफल नभएकाले सैद्धान्तिक रुपमा अध्यक्षको भनेर अहिले नै भन्न नसिकने स्पष्ट पारे। 

बस्नेतले भने,‘अहिले एकताबारे सैद्धान्तिक रुपमा छलफल भएको छैन, यस्तो अवस्थामा नेतृत्व कसले गर्ने भन्नेबारे बोल्नु सान्दर्भिक हुँदैन।’

उनले नेपाली कांग्रेसले नयाँ जनमतलाई सम्मान गर्नु पर्ने बताउँदै भने,‘निर्वाचन सम्पन्न भएको छ, मुलुकले नयाँजनादेश प्राप्त गरेको छ, अहिले सरकारको नेतृत्व गरेको कांग्रेसले विभिन्न बहानामा जनमत स्विकार गर्न नचाहेको हो कि भन्ने देखिँदैछ, राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको विवाद र प्रदेश केन्द्र तोक्ने निर्णय भनेको नै जनमतप्रतिको वेवास्ता हो।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्नेसमेत माग गरे। उनले भने,‘अब पनि उहाँ सरकारमा बसिरहने होइन, तत्काल राजीनामा दिनुपर्छ, जे निर्णय गर्ने हो ताजा मत प्राप्त गरेकाहरुले गर्ने हो, जनताको चाहना भनेको राजनीतिक स्थिरता र विकास हो, अहिले त्यो दिशातर्फ उन्मुख रहेको वाम गठबन्धनलाई कसरी चलखेल गर्न सकिन्छ भनेर खेल खेल्न खोजेको आभास भैरहेको छ, राजनीतिक तोडमोडको खेल खेल्नुहुँदैन।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell