PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

भारतसँग नेपालको लज्जासपद हार, फाइनल पुग्नबाट बञ्चित



पहिलोपोस्ट

भारतसँग नेपालको लज्जासपद हार, फाइनल पुग्नबाट बञ्चित

ढाका : बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको छ। उपाधि जित्ने लक्ष्यका साथ ढाका पुगेको नेपाली चेलीहरु लगातार दोस्रो खेलमा लज्जासपद हार बेहोरे पछि फाइनल पुग्न समेत असफल भएको छ।

नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग ६-० ले पराजित भएको थियो।

उता भारत र बंगलादेश लिग राउन्डमा एक अर्कासँग भिड्नुअघि नै फाइनल पुगेका छन्। आजै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो। भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भएको थियो।

बंगलादेश र भारत फाइनल पुग्दा नेपाल र भुटानबीच हुन लिग चरणको खेल प्रतिष्ठाको लागि मात्र हुनेछ।  

लिग राउन्डको अन्तिम दिन बिहीबार च्याम्पियनसिपबाट बाहिरिएका नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने छ भने अर्को खेल भारत र बंगलादेशबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell