PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर  एक/एक रुपैयाँ मूल्य बृद्धि



पहिलोपोस्ट

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर  एक/एक रुपैयाँ मूल्य बृद्धि

काठमाडौँ : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। 

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर  एक/एक रुपैयाँका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। 

पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको १०१ तथा डिजेल र मट्टीतेलको  ७८ मूल्य कायम हुनेछ। पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गरिएको प्रवक्ता गोइतले जानकारी दिए। 

पछिल्लो मूल्य समायोजनसँगै निगमको मासिक घाटा ११ करोड ३९ लाखमा झर्ने जनाइएको छ । हाल निगमको मासिक घाटा १९ करोड रहेको बताइएको छ । आयोगले यसअघि मंसिर २२ गते मूल्यवृद्धि गरेको थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell