
लिग लिडर म्यानचेष्टर सिटी इएफएल कप फुटलबको सेमिफाइनलमा प्रवेश गरेको छ। लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान बनाएको हो। सिटीका चारै खेलाडीको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो।
निर्धारित समय र थप गरिएको ३० मिनेटमा खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट नतिजाको छिनोफानो भएको हो।
सिटीका गोलकिपर क्लाउडियो ब्राभोले लेस्टरका रियाद महारेजका प्रहार रोकेका थिए भने जेमी भार्डी पनि गोल गर्न असफल रहे।
सिटीका लागि पेनाल्टीसुटआउटमा इकाए गुन्डागो, याया टुरे, लुकास एनमेचा र गाब्रीएल जेससले गोल गरे। लेस्टरका क्रिस्टियन फुच, ह्यारी मगुएरे रभिनसेन्ट आएबोराले पेनाल्टीमा गोल गरे।
त्यसअघि २६औँ मिनेटमा बर्नान्डो शिल्ऐले गोल गर्दै सिटीलाई पहिले अग्रता दिलाएका थिए। लेस्टरका लागि अन्तिम समयमा भार्डीले पेनाल्टीमा बराबरी गोल फर्काएका थिए।
यता लण्डन क्लब आर्सनल वेष्टहमलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। आर्सनलका लागि एक मात्र गोल ड्यानी वेलब्यमकले ४२औँ मिनेटमा गरे।
इएफलअन्तर्गत आज चेल्सी र बर्नमाउथ तथा म्यानचेष्टर युनाइटेड र ब्रिस्टोल सिटी बीच क्वाटरफांइनल खेल हुनेछ।