PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमनमा फेरि अवरोध, कालिखोलाको पुल भासियो



राजेन्द्र आचार्य

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमनमा फेरि अवरोध, कालिखोलाको पुल भासियो
तस्बिर: फाइल

चितवन: राजधानी काठमाडौं जोड्ने लाइफलाइन नारायणगढ–मुग्लिन सडकमा फेरि सवारी आवागमनमा अवरोध सिर्जना भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा पुल भासिएपछि सवारी आवागमनमा अवरोध सिर्जना भएको हो। अत्याधिक भारका कारण पुल भासिएकाले सवारी आवागमनमा समस्या परेको जिल्ला टाफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए।

पुल भासिएपछि झण्डै दुई घण्टादेखि अवरुद्ध बनेको सडकमा अहिले एकतर्फी मात्रै गाडी पास गरिएको छ। 

कालीखोला सडकखण्डकै सबैभन्दा धेरै दुर्घटना हुने ठाउँ हो । प्रहरीका अनुसार पुलको दायाँ बायाँ नै खोला भएको र सडक पनि साँघुरो भएकाले यो क्षेत्रलाई जोखिम युक्त क्षेत्रमा राखिँदै आएको छ।

यो सँगैँ सडक आयोजनामा पर्ने थप १० ठाउँका पुलहरु जोखिममा राखिएको आयोजनाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell