PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

शान्तिनगरमा माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते



पहिलोपोस्ट

शान्तिनगरमा माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते

काठमाडौँ: आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएकी छन्।

बिहान पौने ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्ने सीता अधिकारी गम्भीर घाइते भएकी हुन्।

घाइते अधिकारीको उपचारका लागि नर्भिक अस्पताल थापाथली लगिएको छ। दुर्घटनापश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell