PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

रोहिङ्ग्या शरणार्थीलाई जनवरीदेखि स्वदेश फर्काउन सुरु गरिने



पहिलोपोस्ट

रोहिङ्ग्या शरणार्थीलाई जनवरीदेखि स्वदेश फर्काउन सुरु गरिने
फोटो श्रोतः independent.co.uk

ढाका :  बङ्गलादेश तथा म्यानमारका अधिकारीहरूको मङ्गलबार बसेको बैठकले म्यानमारबाट शरणार्थीका रूपमा बंगलादेशका विभिन्न स्थान बसेका रोहिङ्ग्या शरणार्थीहरूलाई स्वदेश फिर्ता गराउने प्रक्रिया आगामी जनवरीदेखि सुरु हुने बताएका छन्। 

मानव अधिकारवादी समूहले शरणार्थीलाई सुरक्षाका दृष्टिकोणले स्वदेश फर्काउने वातावरण वनिनसकेको बताइरहेका वेला दुई देशका विदेश सचिवस्तरीय बैठकले शरणार्थी फर्काउने बिषयमा नोभेम्बर २३ मा भएको सहमतिलाई अन्तिम रूप दिन पहल गरेका हुन्। 

सहमतिमा ढाकामा शरण लिन पुगेका करिब ६ लाख ५५ हजार शरणार्थीमध्ये रोहिङ्ग्याको तीन चौंथाई जनसङ्ख्यालाई जनवरीमा फिर्ता लैजान सुरु गरी विभिन्न तहमा म्यानमार फिर्ता गर्ने व्यवस्था मिलाइएको छ। 

नयाँ कार्यदलले दुई महिनाभित्र शरणार्थी फिर्ता गर्ने अभियान सुरु गर्ने र शरणार्थीको प्रमाणीकरण प्रक्रियालाई समय तालिका बनाएर काम गर्ने बङ्गलादेशको विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा जनाइएको छ। 

अब हामी कामको नयाँ चरणको थालनी गर्नेछौँ, बङ्गलादेशका विदेशमन्त्री ए एच महमुद अलीले बताए।

दुई देशका विदेश सचिवस्तरको निर्णय म्यानमारको सेनाले केही दिनभित्र रोहिङ्ग्या मुसलमान समुदायका राखिने राज्यस्थित विभिन्न स्थानमा दर्जनौँ घरहरूलाई आगो लगाइदिएको भन्ने म्यानमारको मानव अधिकारवादी समूहले सेटलाइटबाट खिचिएका तस्वीरको आधारमा दाबी गरेको ठीक एक दिनपछि आएको छ। 

मानवअधिकारवादी समूहले सहमति सार्वजनिक रूपमा राम्रो देखाउन गरिएको प्रचारबाजी मात्रै भएको बताएका छन्। उनीहरूले सहमति अनुसार रोहिङ्ग्या समुदायलाई राखिने राज्यमा सुरक्षाको प्रत्याभूत हुनेमा आफूहरू विश्वस्त नभएको जनाएका छन्। 

म्यानमारको सेनाले हिंसाका क्रममा केही रोहिङ्ग्या आन्दोलनकारीको मृत्यु भएको तर सर्वसाधारणमाथि आफ्नोतर्फबाट कुनै आक्रमण नभएको बताएको थियो।रासस/एएफ्पी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell