
काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज देशभर बदली भएको छ। वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही दिनदेखि विकसित यो प्रणाली आज बढी सक्रिय भएका कारण सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यका पूर्वसम्मको क्षेत्रमा बदली रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दिउँसो सुदूरपश्चिम भेगमा छिटफुट वर्षा हुने संभावना छ भने तराई क्षेत्रमा पनि हुस्सु लाग्ने अनुमान गरिएको छ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको भएपनि बदलीका कारण घाम राम्ररी नलाग्दा केही चिसो महशुस गरिएको छ। बद्लीको अवस्था आज रातिसम्म जारी रहने र बिहीबारदेखि क्रमिक सुधार हुने मौसमविद श्रेष्ठको भनाइ छ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम ५.६ र अधिकतम तापक्रम १९.५ डिग्रिसेल्सियस रहेको छ। सबैभन्दा कम जुम्लाको १.४ र विराटनगरको अधिकतम तापक्रम २५ डिग्रिसेल्सियस रहेको छ।रासस