PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

ओली र प्रचण्ड पुगे राष्ट्रपति भवन, राष्ट्रियसभा अध्यादेशमा परामर्श



पहिलोपोस्ट

ओली र प्रचण्ड पुगे राष्ट्रपति भवन, राष्ट्रियसभा अध्यादेशमा परामर्श

काठमाडौँः राष्ट्रियसभा सदस्य निर्वाचन विधेयकको विवाद जारी रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निवास पुगेका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र दुई नेताबीचको भेटवार्ता जारी छ।

राष्ट्रियसभा निर्वाचन सम्पन्न नभइ निर्वाचनको अन्तिम मतपरिणाम बुझाउन नसकिने निर्वाचन आयोगको अडान छ। भने, राष्ट्रियसभा निर्वाचन नभइ सरकार गठन नहुने भन्दै सरकारले सिफारिस अध्यादेश जारी गर्न राष्ट्रपतिलाई आग्रह गर्दै आएको छ।

सिफारिस विधेयकको निर्वाचन प्रणालीमा दलहरुबीच मतान्तर छ। लोकतान्त्रिक गठबन्धन एकल संक्रमणीय प्रणालीद्धारा राष्ट्रियसभा सदस्य छनोटको पक्षमा छ। वाम गठबन्धन बहुमतीय प्रणालीको पक्षमा छ। 

सरकारले संसदमा दर्ता गरेको अध्यादेशमा बहुमतीय प्रणालीबाट सदस्य छनोट हुने उल्लेख थियो। संसदको कार्यकाल सकिएपछि सरकारले एकल संक्रमणीय विधिबाट सदस्य चयन गर्नेगरि अध्यादेश सिफारिस गरेको थियो। 

राजनीतिक विवाद बढेपछि अध्यादेश राष्ट्रपतिबाट जारी भएको छैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell