PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सत्ता बुझाउन कांग्रेस आतुर : प्रकाशमान



पहिलोपोस्ट

सत्ता बुझाउन कांग्रेस आतुर : प्रकाशमान

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र प्रक्रिया पुर्‍याएर कांग्रेसले संविधानअनुसार सत्ता हस्तान्तरण गर्ने बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर एकमा आज बिहान आयोजित कार्यक्रममा सिंहले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएको आरोप लगाए।

‘कांग्रेसले सत्ताका लागि लोभ गरेको छैन। सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन्। यो सबै गलत हो’, उनले भने, ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको हो । त्यसलाई राष्ट्रपतिले जारी गर्नेवित्तिकै एउटा निकास निस्कन्छ।’

सरकारमा विनाविभागीय मन्त्री बनेर बसेका दलहरूका नेताहरूले नै कांग्रेसलाई नैतिकताको पाठ सिकाएकोमा नेता सिंहले आश्चर्य व्यक्त गरे । 
‘सरकारमा विनाविभागीय मन्त्री छन्। चुनावमा जितेपछि नैतिकता र जिम्मेवारी नै भुल्छन्। त्यस्ता दलले कांग्रेसलाई नैतिकता सिकाउँछन्’, उनले भने, ‘कांग्रेस सत्तामा बस्न चाहेको छैन। विधि र प्रक्रिया पूरा हुनेवित्तिकै संवैधानिक प्रक्रियाअनुसार कांग्रेसले सत्ता हस्तान्तर गर्छ। तर, राष्ट्रिय सभाको अध्यादेश जारी गर्नुपर्छ। त्यसपछि छिटो निर्वाचन हुन्छ।’

सत्ताको नेतृत्व गर्नेहरूले राजनीतिक र संवैधानिक संस्कारलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell