काठमाडौं: प्रोडक्सन फेजमा रहेको 'लभ डायरिज' युनिट यति बेला चितवनको सौराहामा छ। लभ र कमेडी जनराको फिल्मको छायांकन भैरहेको छ।
फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। उनका अनुसार ६० देखि ७० प्रतिशत छायांकन चितवनमै हुनेछ। चितवन बाहेक पोखरा र काठमाडौंमा छायांकन हुने बताईएको छ। भने,'अहिलेसम्म फिल्मको ३० प्रतिशत सुटिङ सम्पन्न भैसकेको छ।'
सुशिल श्रेष्ठ मुख्य भुमिकामा छन्। विदेशमा रहेको अल्लारे केटोलाई परिवारले व्यवसाय सम्हाल्न बोलाएपछि सिर्जना हुने अवस्था मुख्य विषय हो।
फिल्ममा डेब्यु अभिनेत्री रुबिना थापा सुशिलको अपोजिटमा छिन्। त्यस्तै अन्य कलाकार विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतको मुख्य भूमिका रहने छ।
संजय लामाले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ।