PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

ट्रम्पले किन गरे चीनलार्इ तानाशाही देशको रुपमा चित्रण? के हो रुस र चीनबीच तुलनाको बास्तविकता ?



पहिलोपोस्ट

ट्रम्पले किन गरे चीनलार्इ तानाशाही देशको रुपमा चित्रण? के हो रुस र चीनबीच तुलनाको बास्तविकता ?

  • साल्भाटोर बाबोन्स
अमेरिकाले गत सोमबार ट्रम्प प्रशासनको पहिलो राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्दा चीन चर्चाको शिखरमा रह्यो। अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षा रणनीतिबारे बोल्दा चीनलार्इ पनि रुसकै दाँजोमा राखे। उनले चीनलार्इ ‘रिभिजनिष्ट पावर’ को संज्ञा समेत दिए।

चीनलार्इ ट्रम्पले लगाइदिएको यो ट्याग ओबामा प्रशासनको भन्दा बिल्कुलै विपरीत छ। सन् २०१५ मा ओबामाले राष्ट्रिय सुरक्षा रणनीतिमा चीनलार्इ स्थिर, शान्तपूर्ण र समृद्ध चीन भन्दै स्वागत गरेका थिए। ओबामाले चीनलार्इ अन्तराष्ट्रिय नियम कानुनको राम्रो पालना नगरेकोमा भने आलोचना गरेका थिए। तर ओबामाले चीनसँग अमेरिकाको समझदारीपूर्ण सम्बन्ध र साझेदारीकालागि भने जोड दिएका थिए।

अमेरिकाले हाल आएर चीनप्रतिको टोन पूरै परिवर्तन गर्नुमा राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङ बीचको सम्बन्धमा देखिएको धमिलोपन नै हो। केही समय अघिमात्र ट्रम्पले चीनको भ्रमण गर्दा चिनियाँ राष्ट्रपतिबाट ‘चाहेजस्तो’ खातिरदारी पाउन सकेनन्। 

ट्रम्पले सार्वजनिक गरेको सुरक्षा रणनीतिमा कम्युनिष्ट पार्टीले नेतृत्व गरेको चीनमा नागरिकहरु आधारभूत स्वतन्त्रताबाट समेत बञ्चित रहेको भन्दै चीनलार्इ तानाशाही देशको रुपमा चित्रण गरेको छ।

आफ्ना छिमेकीहरुसँग मात्र होइन क्षेत्रीय रुपमा नै ‘बुलिङ’मा उत्रिने चीनले अन्तराष्ट्रिय सन्धि सम्झौताहरुमा प्रतिबद्धता जनाएपनि पालना नगर्ने आरोप पनि अमेरिकाले लगाएको छ। चीनले पटक पटक अन्तराष्ट्रिय कुटनीतिक व्यवहार र सैनिक अनुशासनसमेत पालना नगरेको अमेरिकी आरोप छ। यसका साथै गत वर्ष अमेरिकाको ड्रोन ‘सब(मरिन’ चोरेको आरोप समेत अमेरिकाले लगाएको छ।

यी सबै आरोपहरु चीनका लागि पक्कै पनि सुखद होइनन्। आफ्ना छिमेकीहरु विशेष गरी ताइवान, फिलिपिन्स, र भियतनामका लागि चीन ‘थ्रेट’का रुपमा रहेको अमेरिकाको ठहर छ।

तर के अमेरिका चीनबाट त्रसित नै हुनुपर्ने अवस्था हो त ? ट्रम्प प्रशासन यस्तै सोच्छ। पहिलो राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्दा ट्रम्पले चीनलार्इ रुससँग दाँजे । उनले चीनलार्इ ‘रिभिजनिस्ट पावर’ को रुपमा व्याख्या गरे जसले ‘टेक्नोलोजी’, ‘प्रोपोगान्डा’ र ‘बुलिङबाट’ विश्वलार्इ अमेरिकी रुचि र मान्यताको बिपरित खडा गर्न सक्ने आशंका गरिएको छ।

ओबामा प्रशासनमा भन्द ट्रम्प प्रशासनले चीनलार्इ हेर्ने दृष्टिकोणमा उल्टो धार समाएको छ। ट्रम्पले उत्तर कोरियाको सवालमा चीनबाट सहयोग चाहेका छन् र केही हदसम्म त्यो पूरा हुने तर्फ नै देखिएको छ तर पनि अझै अमेरिका चीनप्रति सशंकित नै छ।

अमेरिकालार्इ रुसको कारण समस्या छ तर के चीनपनि अमेरिकाको लागि उत्तिकै अहितकर छ त? ट्रम्पको चीनप्रतिको धारणालार्इ अन्तर्राष्ट्रिय मिडियाहरुले निकै चाख दिएर हेरिरहेको बेला चीनको आधिकारिक पत्रिकाले भने यसबारेमा केही पनि उल्लेख गरेको छैन।

चीनको आधिकारिक पत्रिकाले अमेरिकाले चीनबारे गरेको आलोचनाको बिषयमा मुख समेत खोलेको छैन। अमेरिकाले लगाएको सिलसिलेवार आरोपहरुप्रति चीन किन यति मौन छ? किन उनले यसबारेमा खण्डन आवश्यक देखेन? आम विश्वमिडिया यतिबेला चीनको धारणा जान्न उत्सुक छ।

चीनले कुनै पनि आरोपको खण्डन नगर्नु बारे यसरी विश्लेषण भैरहेका छन्।  अरु कुने देशलार्इ जस्तो अमेरिकालार्इ बुलिङ गर्न सकिँदैन भन्ने चीनले राम्ररी बुझेको छ। चीन अमेरिकालार्इ कुनै पनि हालतमा चिढ्याउन चाहँदैन।  र चीनले आफूलार्इ अमेरिकाको दुश्मनको रुपमा पनि कहिल्यै हेरेको छैन। धेरैजसो चीनको ‘विदेश नीति’ निर्माताहरु अमेरिकामा पढेलेखेका छन् र उनीहरुमध्ये धेरैले ‘अमेरिकी दृष्टिकोण’लार्इ राम्ररी आत्मसाथ गरेका छन्। चिनियाँ नीति निर्माताहरु विश्वमा चीनको शक्ति बढाउन र आफ्नो प्रभाव जमाउन मात्र चाहन्छन्। उनीहरु अमेरिकालार्इ जित्ने ‘आइडिया’ मूर्खतापूर्ण भएको राम्रोसँग बुझ्दछन्।

अझैपनि तीन लाखभन्दा बढी चिनियाँहरु अमेरिकामा पढिरहेका छन्। लाखौं चिनियाँहरु अमेरिकी विश्वविद्यालयका पास आउट हुन् भने चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताका छोराछोरीहरु पनि अमेरिकी विश्वविद्यालयकै उत्पादन हुन्। सि जिनपिङकै छोरी पनि हार्वर्डमा पढेकी हुन्। हरेक वर्ष १ लाख चिनियाँ आमाहरु सन्तान जन्माउन अमेरिकाको अस्पताल जाने गरेको अनुमानित आँकडा छ तर ठ्याक्कै यति नै भन्ने आधिकारिक तथ्यांक भने छैन। अमेरिकामा जन्माएर अमेरिकी नागरिक बनाउने लालसामा बर्षेनी लाखभन्दा बढी चिनियाँ आमाहरु अमेरिका जाने गरेको तथ्य चीनबाट छिपेको छैन।

चिनियाँ नागरिकहरु आइओएस वा एन्ड्रोइड मोबाइल चलाउँछन्। उनीहरु स्टारबक्समा कफी पिउँछन् र  ‘दि बिग ब्याङ थ्योरी’ हेरेर अंग्रेजी भाषा सिक्छन्।

चीनका एलिट बर्ग अमेरिकामाथि बिजयको होइन  अमेरिकाले सिर्जना गरेको ‘साम्राज्य’माथि सफलता पाउने सपना देख्छन्।
ट्रम्प प्रशासन चीनबाट डराउनु केही हदसम्म सही पनि छ।

चीनले अमेरिकी कम्पनीहरुको ‘बौद्धिक सम्पति’ चोरेको छ। चीनले ‘इन्डो(प्यासेफिक’ क्षेत्रलार्इ आफ्नो पकडमा राख्ने कसरत समेत गरिरहेको छ। चीनले विश्वभर अर्बौ डलर पूर्वाधार विकासमा खर्चिरहेको छ। तर यी मध्ये कुनै पनि कामले अमेरिकाको सुरक्षा संयन्त्रलार्इ त्रसित भने बनाएको छैन। र अमेरिका यसमा त्रसित हुनुपर्ने पनि केही छैन।

अर्कोतर्फ चीन उत्तर कोरियाको सवालमा अमेरिकाप्रति सहयोगी देखिएको छ। क्रिमियाको सवालमा पनि उ अमेरिकासँगै उभिएको छ। र अन्य अन्तराष्ट्रिय मुद्दाहरुमा पनि चीनले पटक पटक अमेरिकाको पक्षमा उभिने इच्छा ब्यक्त गरिसकेको छ।  अमेरिकाप्रति चीनको भूमिका रुसको भन्दा धेरै नै राम्रो देखिएको विश्लेषण हुँदै आएको छ।

समग्रमा भन्दा चिनियाँ नेतृत्वले अमेरिकाको हितकालागि नै साथ दिइरहेको देखिन्छ। तर चीनले आफुले सकेको ठाउँमा अमेरिकाको खुट्टा तान्ने प्रवृत्ति पनि छोडेको छैन। रुसको भन्दा बिपरित चीनले अमेरिकी प्रणालीमा आफ्नो सफलता चाहेको छ न कि अमेरिकी साम्राज्यमाथि धावा बोल्ने र जित्ने इच्छा। अझै पनि चीनका कुलिन बर्गहरु पढ्नकालागि ‘मस्को स्टेट युनिभर्सिटी’ होइन अमेरिकाका प्रख्यात आठ युनिभर्सिटी अर्थात ‘आइभी लिग’ नै रुचाउने गर्छन्। फोर्ब्सबाट

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell