PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

जनतासमक्ष गरेका प्रतिवद्धता पूरा गर्छौं : माधव नेपाल



पहिलोपोस्ट

जनतासमक्ष गरेका प्रतिवद्धता पूरा गर्छौं :  माधव नेपाल

काठमाडौँ :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनले जनतासमक्ष गरेका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन्। 

नेकपा एमाले कागेश्वर मनहरा नगरपालिका–७ ले आज आयोजना गरेको चियापान कार्यक्रममा नेपालले निर्वाचनमा गठबन्धनले सरकारको स्थायित्वका लागि गरेको प्रतिबद्धता र समृद्ध नेपाल बनाउन राखेको दृष्टिकोणका आधारमा जनताले स्पष्ट बहुमत दिएकाले ती कार्य पूरा गर्नुपर्ने बताए। 

उनले वाम गठबन्धनको अग्निपरीक्षा सुरु भए पनि वामपन्थी नेतृत्वको सरकारले बोलेका कुरा पूरा गरेर देखाउने स्थानीयवासीलाई विश्वास दिलाए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell