PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

फिल्म 'हैरान'मा सत्यराज आचार्यले खाए २५ हजारको पान



पहिलोपोस्ट

फिल्म 'हैरान'मा सत्यराज आचार्यले खाए २५ हजारको पान

काठमाडौं: गायक सत्यराज आचार्य अभिनयमा पनि सक्रिय हुन थालेका छन्। उनी अभिनित साढे सात र हैरान प्रदर्शनको तयारीमा छ। यसैबिच फिल्म हैरानमा सत्यले २५ हजार बराबरको पान खाएको बताए। भने,'कथा र पात्रले मागेर हो मैले फिल्मको लागि त्यति धेरै पान खाएको।' डबिङमा व्यस्त रहेका उनी बोलीमा पनि पान खाएको टोन दिन आवश्यक भएकाले स्टुडियोमा पनि पान खाँदै गरेको अवस्थामा भेटिए। 

फिल्म ’हैरान’ को डबिङ सकिएको छ। कान्छा निर्देशक भनिने सौगात विष्टको निर्देशनमा तयार भैरहेको फिल्म कमेडी जनरामा बनेको जानकारी दिइयो। 

फिल्ममा सत्यसँगै गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ। डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्टको, द्वन्द चन्द्र पन्तको, संगीत सत्यराज आचार्यको, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ। नवराज उप्रेती र निरज कडेलले खिचेको फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell