PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

वीरगंजमा आगो निभाउन गएका अग्नि नियन्त्रक नै घाइते, काठमाडौंमा उपचार हुँदै

वीरगंजमा आगो निभाउन गएका अग्नि नियन्त्रक नै घाइते, काठमाडौंमा उपचार हुँदै

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं :  वीरगंजको सुपर ग्यास उद्योगमा लागेको आगो निभाउने क्रममा घाइते भएका दमकल चालक अरुणकुमार महतो र अग्नी नियन्त्रक सञ्जीवकुमार नेपाललाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ।

आगोले जलेर घाइते भएका महतोको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अग्नि नियन्त्रक नेपाललाई आइसियूमा राख्नु पर्ने भएकाले कीर्तिपुर अस्पताल रिफर गरिएको छ। 

महतोको उपचारमा संग्लग्न नर्सका अनुसार उनको पूरै शरीर आगोले जलेको छ। महतो खतरामुक्त भइसकेका छन् भने नेपालको अवस्था चिन्ताजनक रहेकाले कीर्तिपुर रिफर गरिएको  हो।

महतो दुई वर्ष अघि ट्रक चलाउन छाडेर वीरग‌जस्थित अग्नि नियन्त्रक केन्द्रको चालक भएका थिए।

आगलागीको खबर प्राप्त भएसँगै आगो निभाउन पुगेको वीरगंज महानगरपालिकाको एउटा दमकल नै जल्दा दुईजना घाइते भएका थिए भने दुईजना सम्पर्कविहीन छन्।

घटनामा परी दुई जनाको मृत्यु भइसकेको छ। घाइते कामदार अमिका पटेल र सुरक्षा गार्ड सन्दीप नेपालको वीरगंज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। 

विश्वकर्मा सिमेन्ट उद्योग नजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यास बुलेट पनि जलेर नष्ट भएका छन्। ग्यास बुलेटबाट प्लान्टमा सार्ने क्रममा लिक भर्इ आगलागी भएको थियो। बिहान ६ बजे ग्यास बुलेट पड्किएको आवाज टाढासम्म सुनिएको थियो। सात वर्ष पहिले सुरु भएको उद्योग अवुलेश अन्सारीको हो। 
 


ट्रेन्डिङ पोस्ट

Ncell