PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

केकी अधिकारीको पैसामा लालबाबु पण्डितको अटोग्राफ

केकी अधिकारीको पैसामा लालबाबु पण्डितको अटोग्राफ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: फिल्म 'राज्जा रानी' युनिट यति बेला प्रचार प्रसारको लागि मधेसमा छन्। मङ्गलबारबाट सुरु भएको क्याम्पेनको पहिलो दिन युनिटले बिराटनगरमा रह्यो। उक्त सहरमा फिल्मका कलाकारसँगै एमाले नेता लालबाबु पण्डितको क्रेज प्रष्ट देखियो। चुनाव जितेपछि उनको चर्चा बढेको छ।

बिराटनगरमा यी फरक क्षेत्रका सेलिब्रेटीको भेट भएको हो। पण्डितलाई देखेपछि अभिनेत्री केकी अधिकारीले उनको अटोग्राफ लिइन्। केकीले हजारको नोटमा लालबाबुलाई लेख्न लगाइन्। भनिन्,'लालबाबु जी मलाई मनपर्ने नेता हो।' 

बखरी बगैंचामा आयोजित पब्लिसिटी कार्यक्रममा मुख्य अतिथि रहेका लालबाबुले फिल्मको गीतमा केकी र नाजिरसँग कम्मर भाँचे।

उनले तराईमा व्याप्त दाइजो परम्पराबारे बोले  राज्जा रानीले समेत दहेज अर्थात दाइजो प्रथाको कथा भन्छ। अब बन्ने वाम सरकारले दाइजो प्रथालाई निरुत्साहित गर्न बेहुली पक्षको परिवारलाई १० हजार रुपैयाँ दिने योजना ल्याउने बताए। उनले फिल्मको कथावस्तु र अभियानलाई सकारात्मक भनेर चर्चा गरे।

बिराटनगरदेखि सुरु भएको राज्जा रानी क्याम्पेन बुधबार जनकपुरमा हुँदैछ। केकीसहित अभिनेता नाजिर हुसेन र भोर कम्पनीका प्रतिनिधि टोलीमा छन्। पुस २१ ग्ते रिलिज हुने फिल्मसँग मिलेर भोरले तराई र पूर्वी मधेशका जिल्लामा दाइजो र बालविवाह विरुद्ध जागरण अभियान चलाएको छ। फिल्मलाई यम थापाले निर्देशन गरेका हुन्। 
 



ट्रेन्डिङ पोस्ट

Ncell