PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

टोखा नजिकै शिवपुरीमा गोली चल्दा महिला घाइते



सविन ढकाल

टोखा नजिकै शिवपुरीमा गोली चल्दा महिला घाइते

काठमाडौं : उत्तरी काठमाडौंको झोरमा गोली चल्दा एक महिला घाइते भएकी छिन्। शिवपुरी वन्यजन्तु आरक्षभित्र गोली चलेको प्रहरीले जनाएको छ। घाइतेको पहिचान खुलिसकेको छैन।

गोलीबाट घाइते भएकी उनलाई उपचारका लागि ग्रान्डी इन्टरनेसनल हस्पिटल लगिएको प्रहरीले जनाएको छ। टोखा नगरपालिका वडा नम्बर १ मा गोली चले पनि कसले चलाइएको हो खुलेको छैन। नजिकै जंगल रहेको र त्यहीबाट आएका व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख रवीन्द्र धानुकले गोली चलेको खबरलगत्तै प्रहरी परिचालन भइसकेको जानकारी दिएका थिए। 'नजिकै सेनाको क्षेत्र पनि पर्छ,' धानुकले पहिलोपोस्टलाई भने, 'प्रहरी घटनास्थलतिर लागिसकेको छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell