काठमाडौं : उत्तरी काठमाडौंको झोरमा गोली चल्दा घाइते भएकी महिलाको पहिचान खुलेको छ। घाइते दुर्गा पोखरेल* रहेको नेपाल प्रहरीले जनाएको छ। शिवपुरी वन्यजन्तु आरक्षभित्र गोली चलेको थियो। उनको शरीरमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ।
गोलीबाट घाइते भएकी उनलाई उपचारका लागि ग्रान्डी इन्टरनेसनल हस्पिटल लगिएको छ। उनको उपचार जारी छ। टोखा नगरपालिका वडा नम्बर १ मा गोली चले पनि कसले चलाइएको हो खुलेको छैन। नजिकै जंगल रहेको र त्यहीबाट आएका व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख रवीन्द्र धानुकले गोली चलेको खबरलगत्तै प्रहरी परिचालन भइसकेको जानकारी दिएका थिए। 'नजिकै सेनाको क्षेत्र पनि पर्छ,' धानुकले पहिलोपोस्टलाई भने, 'घटनाको अनुसन्धान भइरहेको छ।'
(*यसअघि दुर्गा दुलाल हुन गएकोमा सच्याइएको छ। - सम्पादक)