11.jpg)
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईतिर ड्रग तस्करी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ३५०० एम्फुल र डेढ केजी चरेससहित दुई जनालाई विमानस्थलबाट पक्राउ गरेको डिआइजी ठूले राईले जानकारी दिए।
पक्राउ पर्नेमा एक नेपाली र एक रसियन छन्। नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले विशेष सूचनाका आधारमा अवैध ड्रग्ससहित रमेश कुमार र भिक्टर सिनामोलाई पक्राउ गरेको हो। सिनामो रसियन नागरिक हुन्।