PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

'ह्याप्पी न्यू इयर'को मोफसल प्रचार, मुख्य सहरहरुमा कन्सर्ट



पहिलोपोस्ट

'ह्याप्पी न्यू इयर'को मोफसल प्रचार, मुख्य सहरहरुमा कन्सर्ट

फिल्म ‘ह्याप्पी न्यू इयर’ को टिम प्रचार प्रसारको लागि मोफसल यात्रामा छ। फिल्म युनिटले पहिलो कन्सर्ट हेटौडाको खासा बजारमा गर्‍यो। मङ्गलबार सम्पन्न कन्सर्टमा फिल्मका अभिनेता तथा निर्माता कुशल थापा, गायक विनौद ढकाल, सोनिया रोकाया लगायतले प्रस्तुति दिए।  

‘हेलो डियर, ह्याप्पी न्यू इयर’ भन्ने स्लोगन सहित दर्शकसँग सांगीतिक साक्षात्कार निर्माण टिमले गरेको हो। फिल्म पुस १४ देखि रिलिज हुँदैछ।

देव कुमार श्रेष्ठ निर्देशित फिल्ममा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको मुख्य भूमिका छ। युनिट पुस ५ गते नारायणघट, ६ गते बुटवल, ८ गते पोखरा हुँदै काठमाडौं फर्कनेछ। युनिटले १० गते काठमाडौंका विभिन्न स्थानमा कन्सर्ट आयोजना गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell