
संयुक्त राष्ट्रसंघ : यमनमा पछिल्लो समयमा जारी द्वन्द्वमा सर्वसाधारण नागरिक मारिने क्रम नरोकिएको भन्दै यसको रक्षाका लागि संयुक्त राष्ट्रसंघले विशेष अपिल गरेको छ।
यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा जारी विद्रोही र सरकारी सेनापक्षीय दोहोरो झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको ज्यान जाने गरेको भन्दे जीवन रक्षाका लागि अपिल गरेका हुन्।
द्वन्द्वको चपेटामा परी निर्दोष सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरको अवस्था रहेकोतर्फ उनले सम्बद्ध सबैको ध्यानाकर्षण गराएका छन् ।
यमनको राजधानी सानामा पछिल्ला केही समययता ठूला भिडन्तहरु भएका छन् । ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य भएको स्माली ओल्ड चेख अहमदले बताए।
सानामा पछिल्लो समययता यहाँका पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा भिडन्त भएका छन् ।
युद्धका बेलामा पनि विभिन्न विद्रोही समूह हुन् वा सरकारी सेनाले समेत अन्तर्राष्ट्रिय कानुनको पालनाका साथै अरु विभिन्न प्रचलित कानुनको पालना गर्नु ती सबै समूहको कर्तव्य भएको पनि उनले विज्ञप्तीमा उल्लेख गरेका छन्। रासस/सिन्ह्वा