PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

हेर्नुस् 'मिस्टर झोले'मा पात्रहरुको लुक्स

हेर्नुस् 'मिस्टर झोले'मा पात्रहरुको लुक्स

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: फिल्म 'मिस्टर झोले'का पात्रहरुको लुक्स झल्काउने केही फोटो सार्वनिक भएका छन्। फिल्म छायांकनका क्रममा खिचिएका फोटोहरु युनिटले रिलि गरेको हो। पुस २८ गते रिलिज हुने फिल्मको प्रचार प्रसार तिब्र छ। 

सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा निर्मित ‘मिस्टर झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन्।

रामबाबु गुरुङको कथा तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ। कालीप्रसाद बास्कोटा र सुजेन कार्कीको संगीत रहेको फिल्मलाई रवी न्यौपानेले खिचेका हुन्। निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell