काठमाडौं: फिल्म ’मन त परदेशी’ पुस १४ मा रिलिज हुने भएको छ। फिल्मले रोजगारीको लागी अरबी मुलुक पुग्दै गर्दा नेपाली युवाहरुले झेल्न पर्ने र झेल्दै आएका पीडाको कथा उठान गरेको छ। फिल्मलाई देव नेपालले निर्देशन गरेका हुन्।
फिल्ममा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारहरुको अभिनय छ।
फिल्ममा पुष्कर सुनुवारले संगीत दिएका छन्। दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेलले निर्माण गरेको फिल्मलाई मर्भुमी नारायण र राजेन्द्र कुमार थापाले खिचेका हुन्।