PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

दक्षिण एसियाली सेभेन ए साइड फुटबल नेपालमा हुने



पहिलोपोस्ट

दक्षिण एसियाली सेभेन ए साइड फुटबल नेपालमा हुने

काठमाडौँ : १२औँ दक्षिण एसियालीं सेभेन ए साइड फुटबल प्रतियोगिता पोखरामा हुने भएको छ।

नेपालले यसअघि सन् २००८ मा सातौँ दक्षिण एसयाली सेभेन ए सांइड आयोजना गरेको थियो भने २०१० मा श्रीलंकामा भएको दशौँ सेभेन ए साइटमा च्याम्पियन बनेको थियो।

यही पुस २९ देखि माघ ४ गतेसम्म हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले सहभागिता जनाउनेछन्।

पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा अगाडी बढाउने अभियानमा यस प्रतियोगिताले सहयोग पुग्ने आयोजकको विश्वास छ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले २ हजार अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले १ हजार डलर पाउनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell