PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

असंवैधानिक अध्यादेश राष्ट्रपतिले जारी गर्नै मिल्दैनः ओली

असंवैधानिक अध्यादेश राष्ट्रपतिले जारी गर्नै मिल्दैनः ओली

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले राष्ट्रपति समक्ष पेश गरेको राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश असंवैधानिक रहेको बताएका छन्। 

काठमाडौंका निर्वाचित वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देउवा सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाए। 

ओलीले बुधबार बिहानमात्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगी अध्यादेशबारे छलफलसमेत गरेका थिए।

‘संसद सकिएपछि सरकारले निर्वाचन आयोगसँगको मिलेमतोमा अध्यादेश ल्याएको रहेछ। ओलीले भने, ‘यस्तो असंवैधानिक अध्यादेश राष्ट्रपतिले जारी गर्न मिल्दैन। कसैलाई थाहा नभएको अध्यादेश कसरी जारी हुन्छ?’ 

निर्वाचन आयोगका एक कर्मचारीको एउटा ट्विटको हल्लाको भरमा मान्छे लागेको भन्दै उनले सरकार निर्माणमा कुनै संवैधानिक जटिलता नरहेको दाबी गरे।

ओलीले कांग्रेसप्रति लक्षित गर्दै भने, ‘सरकार निर्माणबारे कुनै जटिलता छैन, अखबारमा आएका ति जटिलता तिनका घरका जटिलता हुन्। संविधान अनुसार अबको केहि दिनभित्र सरकार निर्माण हुन्छ।’ 

पार्टी एकताबारे विभिन्न प्रश्न उठेको उल्लेख गर्दै ओलीले भने, ‘एकीकरणपछि माओवादीलाई एमालेले निल्छ, एमालेलाई माओवादीले निल्छ, पार्टी एकतापछि अब एमाले माओवादी इतिहासमा मात्र सीमित रहनेछ।’

 


ट्रेन्डिङ पोस्ट

Ncell