काठमाडौं : सोमबारबाट सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा तेस्रो दिनसम्म ५ खेल सकिएका छन्। ६ टिम सम्मिलित प्रतियोगिता अहलेसम्म प्रत्येक टिमले कम्तीमा एक खेल खेलिसकेका छन्।
बुधबार भएको पहिलो खेलमा विराटनगर वारियर्सले पोखरा राइएनोजलाई ३ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्यो। यता दोस्रो खेलमा भैरहवासँग ७ विकेटले पराजित भएप्५ काठमाडौं किंग्स एलेभेनले लगातार दोस्रो हार बेहोरेको छ।
पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले २ खेलमै जित हात पारेको छ। २ जितबाट ४ अंक जोडेको विराटनगर अंक तालिकामा शीर्ष स्थानमा छ। यस्तै दुई खेल नै हारेको काठमाडौं किंग्स एलेभेन पुछारमा छ।