PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

इएफएल कप : ब्रिस्टोल सिटीसँग पराजित भएपछि साविक विजेता म्यानचेष्टर युनाइटेड बाहिरियो



पहिलोपोस्ट

इएफएल कप : ब्रिस्टोल सिटीसँग पराजित भएपछि साविक विजेता म्यानचेष्टर युनाइटेड बाहिरियो

कोरे स्मिथले इन्जुरी टाइममा गोल गरेपछि च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटी म्यानचेष्टर युनाइटेडलाई स्तब्ध पार्दै इएफएद्य कप पुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। ब्रिस्टोलको मैदानमा भएको खेलमा साविक विजेता युनाइटेड २-१ ले पराजित भएको हो।

खेलको ५१औँ मिनेटमा जोए ब्रयनले गो गर्दै घरेलु टोली ब्रिस्टोललाई अग्रता दिलाएका थिए। युनाइटेडका लागि ५८औँ मिनेटमा ज्लाटन इब्राहिमोभिचले बराबरी गोल फर्काएका थिए।

तर इन्जुरी टाइममा स्मिथले गोल गरेपछि ब्रिस्टोलले ऐतिहासिक जित निकाल्यो भने युनाइटेड क्वाटरफाइनलाटै हिरियो।

यता अल्भारो मोराटाले इन्जुरी टाइममा गरेको गोल मद्दतमा चेल्सीले बर्नमाउथलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

चेल्सीको लागि विलियनले १३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। अन्तिम समयमसम्म चेल्सी अगाडी रहेपनि दान गोसलिङले ९०औँ मिनेट बर्नमाउथका लागि बराबरी गोल फर्काए। तर इन्जुरी टाइमको पहिलो मिनेटमा मोराटले गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन्।

चेल्सी र ब्रिस्टोलसँगै प्रिमियर लिगका म्यानचेटर सिटी र आर्सनल इएफएद्य कपको सेमिफाइनलमा पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell