PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

६३ हजार नगदसहित २० जुवाडे पक्राउ



पहिलोपोस्ट

६३ हजार नगदसहित २० जुवाडे पक्राउ

उदयपुर: प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा आज २० जना जुवाडेलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास खेल्दै गरेको अवस्थामा रु ४७ हजार ४०० सहित सात र पुल्कित चौधरीको घरबाट रु १५ हजार ३०० सहित १३ जना जुवाडे पक्राउ परेका हुन्।

त्रिनपा–६ जलजलेमा जुवाको खेला हुँदैछ भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको र उनीहरुलाई जुवा ऐनअनुसार कारबाही गरिने प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell