PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

के कांग्रेसलाई पुनर्जीवन दिन सक्लान राहुलले?



पहिलोपोस्ट

के कांग्रेसलाई पुनर्जीवन दिन सक्लान राहुलले?

नयाँदिल्ली: भारतीय कांग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हाल्नु भएका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ।

निर्वाचनमा अधिकांश ठाउँमा पराजित भएको कांग्रेसलाई उनले प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।

यसअघि १९ वर्षसम्म पार्टीको अध्यक्ष भएकी सोनिया गान्धीले गत शनिबार ४७ वर्षीय आफ्नै छोरा राहुललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी थिइन्। योसँगै कांग्रेसको नेतृत्व गान्धी परिवारको अर्को पुस्तामा पुगेको छ।

सत्तारुढ दल भारतीय जनता पार्टीले भने राहुललाई इच्छाशक्ति नभएको र प्रभावहीन व्यक्तिका रूपमा चित्रित गरेको छ।

“कांग्रेसले हालैको निर्वाचनमा पनि केही ठाँउमा आफ्नो प्रभाव गुमाउँदै गएको छ, त्यसलाई पुनर्जीवन दिनु उनको चुनौती हो,” प्राध्यापक रविन्द्र गुलातीले भने।

यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो। राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो।

बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ। नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell