PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

मोबाइल एप प्रयोग गरेर डाँडामा पानी



पहिलोपोस्ट

मोबाइल एप प्रयोग गरेर डाँडामा पानी

बेनी : म्याग्दीमा पहिलोपटक मोबाइल एप प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ। 

म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किट चलाएर नदीबाट २५० मिटरमाथि ६३ एमएलको पाइपमार्फत पानी पुर्याएका हुन्।

मोबाइलबाट इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा पानी खसेको हो। 

धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए। 

बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत हुन्। जिल्लामा इलेक्टोनिक्स र प्रविधिको प्रयोगमा अब्बल रहेका खत्रीले नेपालमै एप्सको प्रयोगबाट सिँचाइलाई कन्ट्रोल गर्ने निकै कम रहेको दाबीसमेत गरे।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell